मिति - २०८३-०७-१०
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थीहरु💕
विषय - पुनः जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिका अनुसार २०८३ साल कार्तिक महिनाको १० गते मंगलबार (आज) बाट नर्सरी देखि कक्षा १० सम्मको पठन-पाठन कार्य पुर्ण रुपमा सुचारू भइसकेको जानकारी गराउँदछौं।
आज उपस्थित हुने सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य विद्यार्थीहरुलाई भोलिबाट अनिवार्य उपस्थित हुन पुन जानकारी गर्दछौं ।
नोट : बसमा आउने नानीबाबुहरु पनि यथावत समयमा नै बस बस स्टपमा आउनका साथै कक्षा ८, ९ र १० का नानीबाबुहरुलाई नियमित बिहानी कक्षाहरुमा समेत अनिवार्य उपस्थित हुन जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल (+२)