२२ गते सोमबार विद्यालय संचालन तथा विविध जानकारी सम्बन्धमा ।
२२ गते सोमबार विद्यालय संचालन तथा विविध जानकारी सम्बन्धमा ।
2026-09-06 05:28 PM
मिति - २०८३-०५-२१
आदरणीय अविभावक ज्यु, शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु !
विषय - २२गते सोमबार विद्यालय सुचारु तथा विविध जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा २०८३ साल भदौ महिनाको १० गते बुधबार नेपाल-चीन सिमा रसुवाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । भदौ महिनाको २२ गते सोमबार (भोलि) उक्त घटना भएको १३ औं दिनको पुण्यतिथिमा बिहानी प्रर्थना सभामा राष्ट्रिय झण्डा आधा झुकाई शोकसभाको कार्यक्रम रहेको जानकारी गराउँदछौं । यस दुःखद् घडीमा बाढीबाट प्रभावित सम्पूर्णमा हाम्रो साथ, सहानुभूति तथा ऐक्यबद्धता रहेको छ।
विपद्को यस कठिन समयमा हाम्रो विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यार्थी, शिक्षक तथा व्यवस्थापन पक्षको संयुक्त पहलमा केही सहयोग रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेका छौँ ।
नोट : नानीबाबुलाई एक दिनको खाजा बराबर (रु. ५०/-) र सोभन्दा माथि हजुरको इच्छा अनुसार सहयोग रकम भोलि नै पठाइ यस महान कार्यमा जोडिन हुन हार्दिक अपिल गर्दछौं ।
हामी विश्वास गर्छौँ—शिक्षा केवल ज्ञान प्राप्त गर्नु मात्र होइन, मानवता र जिम्मेवारी सिक्नु पनि हो।
यस मानवीय कार्यमा साथ दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा व्यवस्थापन पक्षलाई हार्दिक धन्यवाद तथा सम्मान।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कूल (+२)