मिति - २०८३-०५-१७
आदरणीय अविभावक ज्यु 🙏 शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा यही भाद्र महिनाको १९ गते शुक्रबार (पर्सि) श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकज्युहरुमा 💕🎉हार्दिक शुभकामना 💕🎉व्यक्त गर्दछौं । सो दिन सार्वजनिक बिदा भए तापनि यस महिनामा अन्य धेरै बिदाहरुको कारण विद्यार्थीहरुको पठन-पाठनमा समेत प्रत्यक्ष असर परेको हुनाले विद्यालय सन्चालन हुने साथै सम्पुर्ण कक्षाहरु पुर्ण रुपमा सुचारु हुने जानकारी गराउँदछाैं।
यहाँहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना प्रकट गर्दै सकारात्मक सोच तथा सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कूल (+२)